प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज तीन दलको वार्ता बोलाएको छ। समसामयिक राजिनिती परिस्तिथि बारे छलफल र रणनीति तयार पार्न नेपाली कांग्रेसले बिपक्षी दलहरुसंगको वार्तालाई तिब्रता दिएको हो । हालै सम्पन्न केन्द्रिय समितिको बैठक बमोजिम कांग्रेस सभापति शेरबहादुर देउबाले वर्तमान सरकारकोविरुद्ध एक मत बनाएर कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारे परामर्श गर्न आज दिउसो ३ बजेका लागि नेकपा माओवादी (केन्द्र) र समाजवादी पार्टीलाई देउवा निवास बोलाएका छन् ।
देउवा निकट स्रोतका अनुसार आजको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल लगायत शिर्ष नेताहरु उपस्थित रहने छन्। उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्ने बारे छलफल हुने बताइएको छ।
३० गते बसेको कांग्रेसको केन्द्रिय समितिको बैठकले प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै वैकल्पिक सरकारको नेतृत्वको पहल गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय