नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई गराएको छ । माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो ।
नेकपा एमाले प्रवेश गरेको बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा आएको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
उनले अहिले राष्ट्रियसभाको अधिवेशन सञ्चालन नभएको अवस्थामा सांसद पद खारेज भएको सूचना टाँस गरिने बताए ।
सांसद् पद खारेज भएको राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई जानकारी गराइने धमलाले बताए ।
यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय