आइपिएल को १४ औं संस्करणको दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ। शनिबार मुम्बईमा भएको खेलमा ऋषभ पन्तको कप्तानी रहेको दिल्ली क्यापिटल्सले महेन्द्र सिंह धोनीको चेन्नईलाई ७ विकेटले पराजित गरेको छ । चेन्नई माथि दिल्लीको यो लगातार तेस्रो जित हो । पछिल्लो सिजनमा श्रेयस अय्यर कप्तानीमा दिल्ली टिमले चेन्नईलाई दुवै पटक पराजित गरेको थियो।
[event_results 21410]
पहिलो पटक कप्तानी समालेका ऋषभले आफ्नी आदर्श मान्ने धोनीलाई टसमा हराउदै बलिङ्ग रोजे। युवा विकेटकिप्पर पन्तले १२ बलमा १५ रङ बनाए भने धोनीले दुई बलमा बिना खाता खोलि क्लीन बोल्ड भए ।
[team_standings 21413]
टस हरेर ब्याटिंगका लागि क्रिजमा उत्रेको चेन्नईले ७ विकेटको नोक्सानमा १८८ रन बनायो । त्यसको जबाफमा दिल्ली क्यापिटल्सले ३ विकेटको नोक्सान मा १९० रन बनाएर जित आफ्नो नाम गरे । ओपनर शिकार धवन र पृथ्वी शाले अर्धसतक लागेका छन् । धवनले ५४ बलमा ८२ रन र शाले ३८ बलमा ७२ रन बनाएका थिए। यी दुईले १३८ रन साझेदारी बनाएका थिए। धवन र शाको साझेदारी ड्वेन ब्रावोले तोडेका थिए। ब्रावोले शालाई ७२ रनमा आउट गरेका थिए भने धवनलाई ८५ रनमा शार्दुल ठाकुरले एलबीडब्ल्यू आउट गरेका थिए। त्यस्तै ऋषभले१५ रनको पारी खेलेका छन् भने स्टायनिसले १४ रन बनाएर आउट भएका थिए।
[countdown]
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय