स्पेनिस लालिगा फुटबलमा रियल म्याड्रिड शिर्ष स्थानमा पुगेको छ । शनिबार राति एल क्लासिको sराउण्ड अफ ३० अन्तर्गत खेलमा साविक विजेता रियलले बार्सिलोनालाई २-१ ले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
खेल सुरुको १३ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेलमा अग्रता लिए । त्यस्तै खेलको २८ औं मिनेटमा टोनी क्रुसले थप अर्को गोल गर्दै रियलले पहिलो हाफमा नै २ गोलको अग्रता लियो।
दोश्रो हाफको ६० औं मिनेटमा बार्सिलोनाको ओस्कार मिन्गुएजाले एक गोल मात्र फर्काए । हिजोको खेलमा कासिमिरोले दुई पहेलो कार्ड खादै मैदानबाट बहिरिएका थिए ।
जित संगै रियल लिगको ६६ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ भने बार्सिलोना ६५ अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै एटलेटिको म्याड्रिड ६६ अंक सहित लिगको दोश्रो स्थानमा झरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय