आइपिल १४ औं संस्करणको तेस्रो खेल केहि समयमा सुरु हुँदैछ। चेन्नईको चेपक स्टेडियममा आज कोलकाता नाइटराइडर्स (केकेआर) र सनराइजर्स हैदराबाद(एसआरएच) भिड्दै छन्। यस बर्ष केकेआरको कप्तानी इंगल्याण्डका ओएन मोर्गन र एसआरएचको कप्तानी डेविड वार्नरले गर्दै छन्। यस भन्दा अघिको सिजनमा हैदराबादलाई कोलकातासंग दुवै खेलमा हार बेहोरेको थियो । यस पटक हैदराबादलाई हारको बदला लिने सुनौलो अवसर छ।
यस भन्दा अघिको सिजनमा वार्नरको कप्तानीमा हैदराबाद प्लेआफसम्म पुगेको थियो भने मोगर्नको कप्तानीमा केकेआर ५ औं स्थानमा रहेको थियो। कोलकाताले अहिलेसम्म सन् २०१२ र २०१४ गरि दुई पटक खिताब आफ्नो नाम गरेको छ। हैदराबादले वार्नरको कप्तानीमा सन् २०१६ को आइपिएलको ट्रफी उठेको थियो ।
आइपिएलको इतिहासमा केकेआर हैदराबादमाथि हाबी भएको छ । अहिलेसम्म यी दुई टिम १९ पटक भिडेका छन् जसमा केकेआरले १२ पटक र हैदराबादले ७ पटक जित हासिल गरेको छ । सन् २०२० मा केकेआरले दुवै खेलमा हैदराबादलाई पराजित गरेको थियो । यस भन्दा अघिको खेलमा यी दुईको खेल सुप्पर ओभरमा पुगेको थियो जहाँ केकेआरले जित हासिल गरेको थियो।
अबूधाबीमा भएको १३ औं संस्करणको हेलमा केकेआरले हैदराबादलाई १६४ रनको लक्ष्य दिएको थियो । हैदराबादले निर्धारित २० ओभरमा १६४ रन नै बनायो । त्यसपछिको सुप्पर ओभरमा केकेआरले जित हात पर्यो । त्यस्तै २०२० को पहिलो खेलमा केकेआरले हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो । यी दुईबीचको पछिल्लो ५ खेलको रेकर्ड हेर्दा केकेआरले ३ खेल र हैदराबादले २ खेल जितेको छ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय