आइपिएलको १४ औं संस्करणको तेस्रो खेलमा कोलकाता नाइटराइडर्स (केकेआर)ले सनराइजर्स हैदराबाद(एसआरएच)लाई पराजित गरेको छ । चेन्नईको चेपक स्टेडियममा भएको खेलमा केकेआरले टस हरेर ब्याटिंगमा क्रिजमा उत्रिएको थियो । नितीश राणा र राहुल त्रिपाठीले अर्धसतकको मद्दतले केकेआरले २० ओभरमा ६ विकेटको नोक्सानमा १८७ रन बनायो । त्यसको जबाफमा मनिष पाण्डेको अर्धसतकको लगाएपनि हैदराबादले २० ओभरमा ५ विकेटको नोक्सानमा मात्र १७७ रन मात्र बनाउन सक्यो । यसरी हैदराबाद १० रनले पराजित भएसंगै केकेआर १४ सिजनमा बिजयी सुरुवात गरेको छ।
[event_results 21502]
टस हरेर ब्याटिंग गरेको केकेआरका शुभमन गिल र नितीश राणाले राम्रो साझेदारी गरेका थिए। दुवैले पहिलो ६ ओभरमा ५० रन जितेका थिए । हैदराबादले केकेआरको शुभमन गिललाई १५ रनमा राशिद खानको बलमा क्लिन बोल्ड गरेपछि टिमलाई ठुलो झट्का लागेको थियो। नितीश राणाले ३७ बलमा ८ चौका र १ छक्के लगाउदै आफ्नी अर्धसतक पुरा गरे।
नितिश पछि राहुल त्रिपाठीले पनि अर्ध सतक लगाए । उनले २८ बलमा ५ चौका र २ छक्कको मदतले अर्धसतक पुरा गरे । तर, उनि ५३ रन बनेर टि नटराजनको बलमा आउट भए । रनको गतिलाई बढाउने उद्देश्यले आन्द्रे रसेलले चौथो नंमा ब्याटिंग गर्न मैदानमा उत्रिए। तर उनि ५ रन बनेर रशिद खानको बलमा मनिष पाण्डेको हात बाट क्याच आउट भए । हैदराबादले चौथो झट्का नितिश राणालाई आउट गरेर दिए । नितिश ८० रन बनाएर आउट भएका थिए ।
केकेआरलाई पाचौ झट्का इयोन मोर्गनलाई आउट गरेपछि लग्यो। दुई रन बनेका मोर्गनलाई मोहम्मद नबिका सिकार भएर । केकेआरको छैठौ झट्का अन्तिम बलमा लग्यो जब शाकिब अल हसन अब्दुल समदको हात बाट क्याच आउट भए । त्यस्तै दिनेश कार्तिकले ९ खेल खेलेर २ रन बनाए। हैदराबादका मोहम्मद नबी र राशिद खानले २-२ विकेट लिए भने टी नटराजन र भुवनेश्वरले एक-एक विकेट लिएका थिए।
त्यस्तै दोश्रो इनिंगसमा हैदराबादका कप्तान डेविड वार्नर ४ बलमा नै आउट भए। ३ रन मात्र बनेका वार्नरलाई दिनेश कार्तिकले क्याच आउट गरे । ऋद्धिमान साहालाई शाकिब अल हसनले ७ रनमा क्लीन बोल्ड गरे। जानी बेयरस्टोले भने आफ्नो अर्धसतक पुरा गरे। उनलाई बोल्ड पैट कमिसले ५५ रनमा बोल्ड गरे। त्यस्तै मोहम्मद नबीलाई १४ रनमा प्रसिद्ध कृष्णाले आउट गरेका थिए। ११ रन बनेका विजय शंकर भने आद्रे रसेलको हातबाट आउट भएका थिए। मनिष पाण्डेले भने ६१ रनको पारी खेलेपनि आफ्नी टिमलाई जित दिलाउन सकेनन। अब्दुल समदले पनि १९ रनको पारी खेलेका थिए।
[team_standings 21413]
हैदराबाद केकेआरसंग लगातार तेस्रो पटक हारेको हो । यस अघि अबुधाबी भएको १३ संस्करणमा पनि हैदराबाद केकेआर दुवै खेलमा हर बेहोरेको थियो ।
[countdown]
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय