हिमाल दैनिक
जनमत पार्टीको अधयक्षमा सीके राउत चयन
ck-raut
जनमत पार्टीका अध्यक्षमा डा. चन्द्रकान्त राउत (सिके राउत) चयन भएका छन्। शनिबार जनकपुरधाममा जनमत पार्टीको प्रथम महाधिवेशनमा सिके राउतले दुई हजार तीन सय दुई मत प्राप्त गरि अध्यक्ष पदमा चयन भएका हुन् । महाधिवेशनबाट उपाध्यक्षमामोहम्द अब्दुल खान, ई. बसन्त कुशवाहा, ई. दीपक कुमार साह र ई. नरेन्द्र प्रसाद चौधरी विजयी भएका छन्। खानले १८ सय ६७ मत, कुसहवाले ११ सय ५० मत, शाहले ७७१ र चौधरीले ५८२ मत ल्याएका छन्। त्यस्तै चन्दन सिंहले एक हजार पाँच सय ७३ मत ल्याई महासचिवमा निर्विरोध चयन भएका छन्। महाधिवेशनमा केन्द्रय कार्यकारिणी समितिका लागि कुल चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए। खुल्ला तर्फ २३ जना सदस्य निर्वाचित भएका छन्। सदस्यहरुमा रौतहटका डा. सुवन्त कुमार कुशवाहा र ललिचतचन्द्र मल्लिक, सिरहाका संजय कुमार यादव र रामकुमार यादव, रुपन्देहीका भोगेन्द्र प्रसाद यादव, सुनसरीका भवानी महतो र सिताराम पण्डित, सप्तरीका सुरेन्द्र शर्मा र मदनेश कुमार चौधरी, सर्लाहीका नरेश प्रसाद कुशवाहा र राजेन्द्र राय, महोत्तरीका बिरेन्द्र महतो र संजय कुमार यादव, नवलपरासीका बालगोबिन्द चौधरी, धनुषाका इन्द्रजीत यादव र डा. विनय कुमार पंजियार, बाराका ओमप्रकाश साह र सुनिल कुमार यादव, बाँकेका विष्णु प्रसाद यादव र इरफान अहमद शेख, रुपन्देहीका रामकेश गुप्ता, मोरङका परमेश्वर मुर्गु, कपिलवस्तुका योगेन्द्र चौधरी सदस्य पदमा निर्वाचित भएका छन् । [gallery link="file" size="medium" ids="21590,21591,21592"] महिला तर्फको सदस्यमा सिरहाकी अनिता कुमारी मण्डल, धनुषाकी अनितादेवी साह, महोत्तरीकी अन्जनीदेवी मण्डल, सप्तरीकी बविता कुमारी राउत र जुलेखा विवी, सुनसरीकी आशा कुमारी मेहता, दाङकी राधा कुमारी यादव र झापाकी कौशिला देवी महतो निर्वाचित भएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update