हिमाल दैनिक
चुनावमा जान किन हिचकिचाउने?: प्रदीप गिरी
pradip-giri
नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले निर्वाचन नै गर्ने हो भने राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेता गिरीले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै चुनावमा जान किन हिचकिचाउने भन्दै प्रश्‍न समेत गरेका छन् । उनले सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ सभामुख मार्फत दलहरुको ध्यानाकर्षण गराए । आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु। को प्रधानमन्त्री बन्ने भन्ने कुरामा मानौं प्रधानमन्त्री सडकमा फ्याकिएको छ। शेरबहादुर देउवा, महन्थ ठाकुर, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त चिरञ्जीवि भइहाल्ने कुरा आएको छ। प्रश्न सरकारको होइन, सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन,’ उनले भने 'अहिले राष्ट्रिय सहमति आवश्यक छ । यहाँ प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो । सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ दलहरुको ध्यानाकर्षण गराउँछु ।' सकुनीले पासा फ्याँकेजस्तो दुबारा पासा थापेर फेरि पाण्डवलाई वनबास पठाएजस्तो संसद् विघटन गर्नतर्फ नजान उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘संसद विघटन गर्ने दिशामा नगइदिनुस्,’ उनले भने। त्यस्तै उनले संसद्लाई संसद् अवधिभर चल्न दिनुपर्ने उल्लेख गरे । ‘संसदलाई पूरा कार्यकाल चल्न दिऔं,’ उनले भने। पछिल्लो समय सरकारका क्रियाकलाप सन्तोषजनक नभएको, भ्रष्ट्राचार मौलाएको, विकासको गतिमा सुस्त भएको नेता गिरीको भनाइ थियो । उनले संविधान सहमतिको दस्तावेज भएको यसलाई परिस्कृत र परिमार्जित गरेर लैजानुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update