सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्य हेरफेर गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख सापकोटाले समितिका सदस्यको हेरफेर सम्बन्धी सूचना सुनाएका थिए । कार्यव्यवस्था परामर्श समितिमा एमालेबाट खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा र विशाल भट्टराईलाई राखिएको छ ।
कार्यव्यवस्था परामर्श समितिमा रहेका एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरूलाई हटाएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका सांसदहरूलाई जिम्मेवारी दिइएको हो ।
घनश्याम भुसाललाई अर्थ समितिमा जिम्मेवारी दिइएको छ भने योगेश भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ । अर्थ समितिमा प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकारसमेत रहेका सांसद मोतिलाल दुगडलाई पठाइएको छ । माओवादीका कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा गएका छन् छ भने माओवादी केन्द्रका वर्षमान पुनले अर्थ समिति, विना मगरले विकास तथा प्रविधि तथा गिरिराजमणि पोखरेल शिक्षा समितिमा गएका चहन । एमालेका गोकुल बाँस्कोटा सार्वजनिक लेखा समितिमा र महेश बस्नेत राज्य व्यवस्था समितिमा रहेको सभामुख सापकोटाले बताए ।
बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६–२०७७ पेश गरिएको छ । प्रतिनिधि सभाको बैठक वैशाख ७ गतेसम्मको लागि स्थगित भएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय