
इन्डियन प्रिमियर लिग(आइपिएल)को १४ औं संस्करणको चौथो खेल केहि समयमा सुरु हुँदैछ। आज पन्जाब किङ्ग्स र राजस्थान रोयल्स बीच खेल वानखेड़े स्टेडियममा ७:४५मा सुरु हुँदैछ । राजस्थानका कप्तान संजु सैमसनले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ । उनले कप्तानी सम्हालेको यो पहिलो पटक हो।
राजस्थानको टिममा चार विदेशी खेलाडीहरु जोस बटलर, क्रिस मारिस, बेन स्टोक्स र मुस्तफिजुर रहमान छन् भने पंजाब किङ्ग्समा निकोलस पूरन, क्रिस गेल रिले मेरेडिथर झाय रिचर्डसनलाई बिदेशी खेलाडीको रुपमा छनौट गरिएको छ।
आइपिएलको इतिहासमा यी दुई टिम २१ पटक भिडेका छन् । जसमा राजस्थानले १२ पटक र पन्जाबले ९ पटक बाजी मरेका छन्। पछिल्लो ५ खेलमा तीन खेल राजस्थानले जितेको छ भने दुई खेल पन्जाबले जितेको छ । यस भन्दा अघिको सिजनमा राजस्थानले दुवै खेलमा पन्जाबलाई पराजित गरेको थियो। १३ औं संस्करणमा पन्जाबको टीम छैठौ र राजस्थान अठौ स्थानमा रहेको थियो।
पंजाब किङ्ग्सको सम्भावित प्लेइंग इलेभेन
केएल राहुल (कप्तान र विकेटकीपर), मयक अग्रवाल, क्रिस गेल, निकोलस पूरन, दीपक हुड्डा, शाहरुख खान, मोइजेज हेनरिक्स, मुरुगन अश्विन, मोहम्मद शमी, क्रिस जार्डन र रवि बिश्नोई।
राजस्थान रॉयल्स की सम्भावित प्लेइंग इलेभेन
जोस बटलर (विकेटकीपर), बेन स्टोक्स, सन्जु सैमसन (कप्तान), रियान पराग, शिवम दुबे, राहुल तेवतिया, क्रिस मॉरिस, लियाम लिविंगस्टोन, श्रेयस गोपाल, जयदेव उनादकट र कार्तिक त्यागी।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय