हिमाल दैनिक
पन्जाबले राजस्थानलाई ४ रनले हरायो, पहिलो खेलमा नै सैमसनले लगाए शतक
punjab-kings-ipl
आइपिएलको पाचौ खेलमा पन्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई ४ रनले हराएको छ। टस हरेर ब्याटिंगका लागि उत्रेको पन्जाबले २० ओभरमा ६ विकेटको नोक्सानमा २२१ रन बनेको थियो। यसको जबाफमा राजस्थानले २० ओभरमा ७ विकेटको नोक्सानमा २१७ रन मात्र बनाउन सक्यो। पहिलो पटक कप्तानी समेका सैमसनले पहिलो खेलमा नै शतक पुरा गरेका छन् । आइपिएलको पहिलो खेलमा नै साताक पुरा गर्ने उनि पहिलो खेलाडी हुन्। आइपिएलको इतिहासमा सैमसनको यो तेस्रो शतक हो । [event_results 21554] तर उनले शतक बनाए पनि उनको टिमले हार बेहोरेको छ । अन्तिम ओभरमा राजस्थानको जितका लागि १३ रनको आवश्क थियो। पन्जाबका तर्फ बाट अर्शदीप सिंहले २० औं ओभरको बलिङ्ग गरेका थिए। पहिलो ३ बलमा मात्र २ रन आएकोमा चौथो बलमा सैमसनले छक्क हने। पाचौ बलमा कुनै पनि रन बनाउन सकेन। अन्तिम बलमा राजस्थानलाई जित्नका लागि ५ रन चाहिएको थियो । सैमसमले हानेको शटलाई बाउन्ड्री लाइनमा रहेका दिपक हूडाले समते। सैमसन ६३ बलमा ११९ रन बनेर आउट भएका थिए। [team_standings 21413] [countdown]
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update