
आइपिएलको १४ औं संस्करणमा अहिलेसम्म ४ खेल भएको छ । सबै टिमले एक-एक खेल खेलिसकेका छन् । सोमबार पन्जाब किङ्ग्स र राजस्थान रोयलका बीच यस सिजनको चौथो खेल भएको थियो । यस खेलमा पन्जाबले राजस्थानलाई ४ विकेटले पराजित गरेको छ ।
आइपिएलको चार खेल पछि अंक तालिकामा दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, पन्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स दुई-दुई अंक प्राप्त गरेका छन्। रन रेटका अनुसार ऋषभ पन्तको कप्तानी रहेको दिल्ली क्यापिटल्स लिगको शिर्ष स्थानमा रहेको छ। त्यस्तै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्ग्स अन्तिम स्थानमा रहेको छ।
अंकतालिकामा इयोन मोर्गनको कप्तानीमा रहेको कोलकाता राइट राइडर्स(केकेआर) दोश्रो स्थानमा रहेओ छ। आज केकेआर र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियनस बीच खेल हुँदैछ। यदि आजको खेल केकेआर जित्यो भने टिम शिर्ष स्थानमा पुग्ने छ । त्यस्तै सोमबार राजस्थानलाई हराएको केएल राहुलको कप्तानी रहेको पन्जाब अंक तालिकामा तेस्रो स्थानमा रहेको छ भने बेङ्गलुरु चौथो स्थानमा रहेको छ । मुम्बई भने पाचौ स्थानमा रहेको छ । संजु सैमसनको कप्तानी रहेको राजस्थानको टिम छैठौ स्थानमा रहेको छ भने डेविड वार्नरको कप्तानी रहेको सनराइजर्स हैदराबाद सातौ र चेन्नई अन्तिम स्थानमा रहेको छ। अहिलेसम्म सबैभन्दा खराब रन रेट चेन्नईको रहेको छ।
कुन-कुन टिमले जित्यो?
१४ औं संस्करणको पहिलो खेल रोयल च्यालेनजर्स र मुम्बई इन्डियनस बीच भएको थियो जसमा बेङ्गलुरुले मुम्बईलाई २ विकेटले पराजित गरेको थियो त्यस्तै चेन्नई र दिल्ली बीच भएको दोश्रो खेलमा चेन्नई दिल्लीसंग ७ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा हैदराबाद कोलकातासंग १० विकेटले परजित भएको थियो भने सोमबार भएको खेलमा पन्जाबले राजस्थानलाई ४ रनले हराएको थियो ।
[event_results 21410]
[event_results 21502]
[event_results 21554]
पहिलो खेल: मुम्बई इन्डियन्स v रोयल च्यालेन्जर्स बेङ्गलोर
[event_results 21409]दोश्रो खेल: चेन्नई सुपर किङ्स v दिल्ली क्यापिटल्स

तेस्रो खेल: सनराइजर्स हैदराबाद Vs कोलकाता नाइट राइडर्स

चौथो खेल: राजस्थान रोयल्स Vs पन्जाब किङ्ग्स

अंकतालिका
[team_standings 21413]प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय