अर्थमन्त्री बिष्णु पौडेलले कोरोना नियन्त्रण, रोकथाम र प्रभावित क्षेत्रलाई सम्बोधन गर्नेगरि आगामी बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री पौडेलले कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालू आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने बताएका हुन् ।
उनले आधारभूत सिद्धान्तलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको जानकारी पनि दिए । उनले बजेट निर्माणमा सम्बन्धित मन्त्रालय नै सम्पूर्ण रूपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने जिकिर गरे ।
मन्त्री पौडेलले आगामी बजेटमा चालू आयोजना र कार्यान्वयको चरणमा रहेका आयोजनालाई प्राथमिकतामा राखिने बताए । बजेट बिनियोजन गरिने तर कार्यान्वयन हुन सक्ने बिषयलाई अर्थमन्त्रालयले अध्ययन गरिरहेको उनले बताए ।
बैठकमा समिति सदस्यहरुले गेम चेन्जर र रोजगारी सिर्जना गर्ने आयोजनाहरुलाई सरकारले प्राथमिकतामा राखेर बजेट बिनियोजना गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय