हिमाल दैनिक
दिगो विकासका कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्छ: रेग्मी
khilraj-regmi
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले दिगो विकास लक्ष्यका प्राथमिकतालाई कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको १८औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विश्वबाटै गरिबी अन्त्य गर्ने दिगो विकास लक्ष्यका १७ वटा प्राथमिकतालाई नेपालले पनि उत्तिकै प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । उनले असल संवैधानिक अभ्यास र व्यवहारबाटै संविधानको प्रवद्र्धन हुने विचार व्यक्त गरे । रेग्मीले संविधानको संरक्षण र प्रवद्र्धनका लागि भावी पुस्तालाई मार्गदर्शन गर्ने दायित्व वर्तमान राजनीतिक नेतृत्वको भएको उल्लेख गरे । उनले राज्यको निकायमाथि प्रश्न उठाउने ठाँउ दिन नहुनेमा जोड दिए । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विद्वत् वर्गका अनुसन्धानमूलक सुझाव एवं अध्ययन प्रतिवेदन विकासका अवरोध हटाउन तथा नीति निर्माणमा उपयोगी हुने बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update