प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुआतीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रम ओलीले बिहान ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय