हिमाल दैनिक
हैदराबाद आरसिबिसंग ६ रनले पराजित, आरसिबि लिगको शिर्ष स्थानमा
RCB-ipl-virat-kohli
आइपिएलको छैठौ खेल रोयल च्यालेन्जर्स बेङ्गलुरु(आरिसिबी)ले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । गएराति चेन्नईको चेपक स्टेडियम भएको खेलमा आरिसिबीले हैदराबादलाई ६ रनले पराजित गरेको हो। बुधबारको खेलमा टस हारेर ब्याटिंगको लागि उत्रेको आरिसिबीले २० ओभरमा ८ विकेटको नोक्सानमा १४९ रन बनायो । त्यसको जबाफमा हैदराबादले २० ओभरमा ९ विकेटको नोक्सानमा १४३ रन मात्र बनाउन सक्यो। [event_results 21701] हैदराबादलाई अन्तिम ४ ओभरमा ३५ रनको आवश्यक थियो। तर हैदराबादले यो अवधिमा केवल २८ रन मात्र बनाउन सक्यो र ७ विकेट गुमायो। आरिसिबीका लागि अन्तिमको ४ ओभरमा खेलको टर्ननिङ्ग पोइन्ट रह्यो। हैदराबादले १६ ओभरमा २ विकेट गुमाएर ११५ रन बनायो । स्पिनर शाहबाज अहमदले १७ औं ओभरमा पहिलो बलमा जानी बेयरस्टोलाई आउट गरे। बेयरस्टो १३ बलमा केवल १२ रनमात्र बनाउन सके। त्यसपछि अहमदले दोश्रो बलमा मनीष पाण्डेलाई पभिलियन फर्काए । मनिषले ३९ बलमा ३८ रनको परि खेले। ओभरको अन्तिम बलमा अहिमदले अब्दुल समदलाई आउट गरे। त्यस्तै १८ औं ओभरमा विजय शंकर, जेसन होल्डर १८.३ औं ओभर, राशिद खान १९.४ औं ओभर, शाहबाज़ नदीम १९.५ औं ओभरमा आउट भएका थिए। लिगमा आरसिबीको लगातार यो दोश्रो जित हो। यस भन्दा अघि आरसिबीले पहिलो पटक ५ पटक बिजेता बनेको मुम्बई इन्डियनसलाई पराजित गरेको थियो। आरिसिबी ४ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै डेविड वार्नरको कप्तानीमा हैदराबादले २ खेलमा हरे संगै अंक तालिकाको ७ औं स्थानमा रहेको छ। [team_standings 21413]
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update