च्याम्पियन्स लिगमा रियल म्याड्रिडले लिभरपुललाई पराजित गरेको छ। गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले प्रिमियर लिग क्लब लिभरपुलसंग गोलरहित बराबरीमा खेलेसंगै समग्रमा ३-१ को नतिजा निकाल्दै लिगको सेमि फाइनलमा प्रवेश गरेको हो ।
यससंगै लिभरपुल लिगबाट बाहिरिएको छ। यस अघि रियलको घरेलु मैदानमा भएको खेलमा रियलले लिभरपुलमाथि ३-१ को अन्तरले जित हात परेको थियो। लिभरपुलको घरेलु मैदानमा भएको दोश्रो लेगमा यी दुई टिम गोल रहित बराबरीमा खेल थियो। गोलको समग्रमा रियलले ३-१ को नतिजा निकाल्दै ३० औं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रबश गरेको हो ।रियलले सेमिफाइनलमा चेल्सीसंग सामना गर्नेछ ।
त्यस्तै गए राति नै भएको च्याम्पियन्स लिगको अर्को खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा प्रवेश गरेको छ। सिटिले दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित लामो समयपछि च्याम्पियन्स लिगको सेमि फाइनलमा प्रवेश गरेको हो ।
sसिटीले समग्रमा ४–२ को नतिजासहित आफ्नो स्थान सेमिफाइनलमा बनाएको हो ।
पहिलो खेलमा डर्टमण्डलाई २–१ गोल अन्तरले हराएको सिटीले दोश्रो खेलमा पनि २-१ हराउदै समग्रमा ४-२ को नतिजा निकाल्दै अन्तिम चारमा पुगेको छ। थियो । डर्टमण्डको घरेलु मैदानमा भएको हिजोको खेलको १५ औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै अग्रता दिलाए पनि सो अग्रता कायम गर्न सकेनन।
दोश्रो हाफको ५५ औं मिनेटमा सिटिका रियाद महरेजले पेनाल्टीमार्फत खेल बराबरीमा पुराए भने खेलको ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई जित दिलाए । अब सिटीले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्