हिमाल दैनिक
गण्डकी प्रदेश सरकारले सातौं संसद अधिवेशन अन्त्य गरेको छ । प्रतिपक्ष दलहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भईराखेको अवस्थामा थियो । सो अवस्थामा संविधानको धारा १८३ को उपदहरा २ बमोजिम मुख्यमन्त्रिको शिफारिशमा बैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको हो। चैत्र २५ गते बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख बाट सचिवालयलाई पत्र आएको प्रदेश सभा सचिव हरिराज पोखरलले जानकारी दिए । गण्डकी प्रदेशको मुख्यमन्त्री पदबाट गुरुङलाई हटाउन प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफलको हुँदै आइराखेको थियो। No photo description available.  
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update