हिमाल दैनिक
ओलीले नै पार्टी एकता नखोजेको प्रष्ट छ: नेता भुसाल
ghanshyam-bhusal-emale
नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीले नै पार्टीभित्र एकता नखोजेको बताएका छन् । बिहीबार माधव नेपालपक्षीय प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पार्टी अध्यक्ष ओलीले आफ्ना पार्टीका व्यक्तिलाई धमाधम कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोज्ने गरेबाट नै पार्टी एकता नखोजेको प्रष्ट हुने बताए । नेता भुसालले ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने उल्लेख गरे । ओलीको सत्ता लोभ र अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेपनि अहिलेसम्म त्यसलाई महशुस नगरेको उनले आरोप लगाए । उनले २०७७ सालमा ओलीले बिगारेको राजनीतिलाई २०७८ सालमाा ट्र्याकमा ल्याइने उल्लेख गरे । उनले सरकार गठनका लागि ओलीले खोजेको गठबन्धन नै राष्ट्रिय राजनीतिको मूल गाँठो भएको तर्क गरे । भुसालले आफूहरूले समानान्तर कमिटी गठन गरेको नभई पूरानो कमिटी ब्युँताएको दावी गरे ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update