हिमाल दैनिक
अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई हामी मनदेखि नै देख्न सक्दैनौं: ओली
kp-oli-pm
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा हुने ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताएका छन् । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहि आयोजनाहरु नियतवसनै ढिलाई गरिएको देखिएको भन्दै ढिलासुस्तीलाई कदापी स्वीकार गर्न नसकिने बताए । उनले माथिल्लो तामाकोशीमा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको र विलम्ब सह्य नहुने बताए । ढिलासुस्ती गर्ने मान्छेहरु को हुन् हेर्नुपर्ने समय आएको भन्दै उनले काममा ढिलासुस्ती, व्यवधान, अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई देख्न नसक्ने उल्लेख गरे । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो कडाइका कारण मेलम्ची काठमाडौं आएको जिकीर गरे । उनले मुलुक असारण बिकासको बाटोमा अघि बढिरहेको तर्क गरे । प्रधानमन्त्री ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गरे । सरकारी कार्यालयहरु डिजिटल बनाउदै लगेको भन्दै उनले प्रविधिको विकासका साथै हस्तान्तरण पनि गरिने बताए । त्यस्तै भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले डिजिटल नेपालको यात्रालाई सफल पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताईन । उनले अहिले जनताको गुनासो नआउने गरि कर्मचारीले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिईन । थानकोट महादेवस्थान स्थान निवासी कित्ता नम्बर १०३१ की जग्गाधनी दमन्ता ढुंगाना उक्त सेवा लिने पहिलो ग्राहक बनेका थिए । उनलाई प्रधानमन्त्री ओलीले ‘मेरो कित्ता’ सेवा मार्फत प्रिन्ट गरिएको नक्सा हस्तान्तर गरे । ‘मेरो कित्ता’ मार्फत अब जुनसुकै स्थानमा जहाँबाट पनि इन्टरनेटको माध्यमबाट घरजग्ग्गाको नक्सा हेर्न मिल्ने तथा आफैले नै प्रिन्ट गर्ने मिल्ने व्यवस्था रहेको नापी बिभागले जनाएको छ । यससँगै, घरजग्गाको नक्सा प्रिन्ट तथा उक्त सेवा वापतको शुल्क बुझाउन कार्यालय धाइरहनु पर्ने झंझटबाट मुक्त भएको बिभाागको भनाई छ । उक्त सेवा बिहीबार नै काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा सुरु भएको छ ।  
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update