सर्वसाधारणबाट आलोचना डरले सरकारले आफ्नो दायित्व र जिम्मेवारीबाट समेत पन्छिने कोशिस गरेको छ । पछिल्लो समय कोभिड-१९ नयाँ प्रकारको भेरिएन्ट (युए-भेरिएन्ट) देखापरे संगै नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । अहिले देखिएको भाइरस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिंदै आइराखेका छन् ।
सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । यस्तो समयमा नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण दर काठमाडौँ उपत्यका लगायत देशका प्रमुख शहर र जिल्लाहरुमा उच्च खतरनाक पूर्ण स्थिति रहेको भन्दै स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति छ। सो बिज्ञप्तिमा मन्त्रालयले खतराबाट बचाउनका निम्ति भने कुनै बोध गरेको छैन। मन्त्रालयको नाममा जारी गरेको उक्त विज्ञप्तिमा काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके,पर्सा, भक्तपुर,कैलाली, दाङ, सुर्खेत, बारा, बाग्लुंग जिल्ला हरुमा खतरापूर्ण स्थिति रहेको भन्दै लकडाउनको आलोकप्रिय निर्णय लिने भन्दै गोल माटोल पूर्ण आभाषमा आम जनता र सर्ब साधारणलाइ नै सुरक्षित रहन र आफ्नो ज्यान आफै जोगाउ भन्ने पारामा अपिल गरेको छ।
मन्त्रालयले यी १३ जिल्लाहरुमा भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको बताएको छन् । मन्त्रालयले त्यी ठाउँ बन्द गर्न आदेश नदिन सक्ने देखिएपछि आफै नजान आग्रह गरेको छ।
कुन-कुन ठाउँमा आफै नजाने त?
यसरी जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत रहेका छन्।
अहिले देखा परेको नयाँ प्रकारको कोरोनाले बच्चाहरु बढी देखिएपछि स्कुल एक महिनाका लागि बन्द गर्न मन्त्रालयले शिफारिश गरेको थियो। तर, तयारीबिना नै सरकारले बिद्यालय बन्द गर्न लागेको भन्दै प्याब्सनले विज्ञप्ति निकाल्दै यसको खण्डन गरेको थियो र अहिले स्कुल बन्द नगर्ने निर्णय गरेको थियो।
पछिल्लो समय राजनीतिक उतार-चढ़ाव देखिएसंगै सभा सम्मेलन गोष्ठी, भिडभाड गर्ने, गराउने सुचीमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी पंक्ति सबैभन्दा अग्र मोर्चामा उभिदै आएको छ । केहि समय अघि मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन सर्वसाधारणलाई आग्रह गरेतापनि सोहि सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री ओलीले भने मन्त्रालयको आग्रहको दज्जिया उडाउदै दिनु जस्तो सभासम्मेलन, भेला र उद्घाटन गर्नमा नै ब्यस्त छन् ।
त्यस्तै अपिलमा जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । सबैलाई सङ्क्रमणबाट जोगिन संवेदनशिल भइदिन र ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने बुझेर जिम्मेवार बनिदिन अनुरोध गरेका छन् । अपिलमा सबै अस्पतालले अनिवार्य रुपमा ज्वरो (फिवर) क्लिनिक सञ्चालन गर्न भनिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले विदेशी नागरिकलाई पिसीअर नेगेटिभ आएपछि मात्र होटलमा बास राख्न अनुरोध गरेका छन् । मन्त्रालयले नियमित रुपमा अस्पतालमा सेवा लिन आइरहेका सेवाग्राहीलाई कोभिड–१९ सङ्मक्रण पुष्टि भएका आधारमै मात्र अन्य अस्पतालमा पठाउने गरेर अनावश्यक दुःख हुने काम नगराउन आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सबै सरकारी अस्पतालले कम्तीमा ५० प्रतिशत शय्या कोभिड–१९ सङ्क्रमितलाई व्यवस्थापन गर्न र तोकिएअनुसार निःशुल्क सेवा दिन पनि अपिल गरेका छन् । मन्त्रालयले बालबालिका, गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई कोभिड–१९ को परीक्षण तथा उपचारमा उच्च प्राथमिकतामा राख्न अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय