
राजस्थान रोयल्स(आरआर) ले सिजनको पहिलो जित हात परेको छ । आइपिएलको १४ औं संस्करणको सातौं खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।
टस हारेर ब्याटिंगका लागि क्रिजमा उतेरेको दिल्लीले ८ विकेट गुमेर १४७ रन बनायो । त्यसको जबाफमा राजस्थानको टिमले ७ विकेट गुमाएर १५० रन बनाउदै खेल आफ्नो नाम गर्यो । डेविड मिलरले ४३ बलमा ६२ रनको परि खेलेका थिए । डेविड मिलरले आइपिएलमा आफ्नो १० औं अर्धशतक लागेका छन् । दिल्लीका लागि आवेश खानले ३२ रन दिएका थिए भने ३ विकेट लिए।
[event_results 21706]
सिजनमा दिल्लीको यो पहिलो हार हो । पहिलो खेल दिल्लीले चेन्नई सुपर किंग्सलाई हारेको थियो ।
दिल्लीबिरुद्ध राजस्थानको लगातार ५ हार पछिको पहिलो जित हो । यसभन्दा अघि राजस्थानले दिल्लीलाई सन् २०१८, ११ अप्रिलमा हारेको थियो ।
[team_standings 21413]
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय