हिमाल दैनिक
सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको खबर आउनु दुखद: अध्यक्ष दाहाल
adhyax-pushpa-kamal-dahal-prachanda
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुख नै राष्ट्रिय हित विपरीतका काममा लागेको खबर आउनु दुखद कुरा भएको बताएका छन् । शुक्रबार काठमाडौंमा बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले देशलाई बन्दकी राख्ने राष्ट्रिय हित विपरीतका काममा सरकारको नेतृत्व गर्ने प्रमुखनै लागेको खबरहरु सार्वजनिक भईरहेको भन्दै यसले नेपाल र नेपाली जनताको आत्मसम्माननमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताए । राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य नहुने भन्दै उनले जति सुकै गरेपनि जित सत्य र न्यायको जित हुने धारण राखे । प्रचण्डले अहिले पनि केही मानिसहरुमा संघीयता खारेज गर्ने, स्थानीय तहको अधिकार केन्द्रमा सिमित गर्ने, समावेशी र समानुपातिकता उल्ट्याउन खोज्ने प्रबृती परेको बताए । अध्यक्ष प्रचण्डले जित अन्ततः जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिनुभयो इतिहासको चक्कालाई पछाडी फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बीच संघर्ष भईरहेको बताउदै अध्यक्ष प्रचण्डले अग्रगमनका पक्षमा लागि खेलाडीलाई समेत आव्हान गरे । खेलकुदको विकासका लागि नेपाल उपयुक्त भुगोल र वातावरण भएको देश भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको विकासका लागि नेपाल अनुकुल ठाउँ रहेको बताए ।  
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update