काठमाडौं उपत्यका र देशको केही पहाडी भूभागमा असिनासहित वर्षा भएको छ ।
काठमाडौँमा बिहीबार साँझ हुरी चलेको थियो। कतै फाट्टफुट्ट वर्षा पनि भएको थियो। शुक्रबार भने दिउँसोदेखि असिनासहित वर्षा भएको हो ।
स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले काठमाडौँ लगायत क्षेत्रमा चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँसहित प्रदेश १ र सुदूरपश्चिमका पहाडी भागमा पनि वर्षा भएको हो ।
गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ को पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पूर्वी जिल्लाहरुमा पनि मेघ गर्जन, चट्टयाङ, हावाहुरी, असिना सहित वर्षा गराउने बादल विकसित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले ती ठाउँमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्