हिमाल दैनिक
कर्णाली प्रदेशका एमाले सांसदहरुले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री आयु एक बर्ष लम्बिएको छ । शुक्रबार प्रदेशसभाको सातौं अधिवेशन पहिलो बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिश्वासको मत लिने क्रममा नेकपा एमाले माधव नेपाल पक्षका ४ सांसदहरुले 'फ्लोर क्रस' गरेपछि शाहीको पद जोगिएको हो। प्रदेशसभामा कायम सदस्यमा सभामुखसहित २० नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । सभामुख राजबहादुर शाही सो सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए । हाल प्रदेशसभामा ३९ सदस्यकायम रहेको प्रदेशसभा सदस्य मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उनको पद भने रिक्त रहेका बैठकमा सभामुख शाहीले जानकारी दिए । कांग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई समर्थन दिएका थिए । यसैगरी नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update