हिमाल दैनिक
धोनीको २०० औं खेलमा चेन्नईको सिजनको पहिलो जित
mahendra-singh-dhoni
चेन्नई सुपर किङ्ग्सले आइपिएलको १४ औं सिजनमा पहिलो जित हात परेको छ । १४ औं सिजनमा आफ्नो दोश्रो खेलमा चेन्नईले पन्जाब किङ्ग्सलाई ७ विकेटले पराजित गरेको छ। टस हरेर ब्याटिंगका लागि क्रिजमा उत्रेको पन्जाबले चेन्नईलाई १०७ रनको लक्ष्य दिएको थियो । त्यसको जबाफमा चेन्नईले १५.४ ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाउदै खेलमा जित हात गरेको थियो। मोईन अलिले ३१ बलमा सबै भन्दा बढी ४६ रनको परि खेलेका थिए। त्यस्तै फाफ डु प्लेसिसले ३३ बलमा ३६ रन बनेका छन्। चेन्नईका कप्तान महेन्द्र सिंह धोनीको यो आइपिएलमा २०० औं खेल हो। त्यस्तै उनले आइपिएलमा १९० खेलमा कप्तानी सम्हालेका छन् जसमा १११मा जित हात परेका छन् भने ७९ मा हार बेहोरेका छन् । चेन्नईले पन्जाबलाई लगातार तेस्रो पटक हरेको छ । १३ औ सिजनमा चेन्नईले दुवै खेलमा पन्जाबलाई हराएको थियो । यो सिजनमा चेन्नईले दोश्रो खेलमा गएर जित हात परेको हो । यस भन्दा अघि दिल्लीसंग चेन्नई पराजित भएको थियो भने पन्जाबले यस अघि राजस्थानलाई ४ रनले पराजित गरेको थियो।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update