हिमाल दैनिक
सरकारलाई सभामुखले काम गर्न नदिएको ओलीको गुनासो
sarba-dalya-baithak
प्रधानमन्त्री ओलीले संसद्मा सरकारलाई सभामुखले काम गर्न नदिएको समेत बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उनले एमसीसीलाई अघि बढाउने बिषयलाई संसदमा अघि बढाउन सहयोग गर्न आग्रह गरेअक्क छन्। त्यस्तै अहिलेको अवस्थामा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिनुभएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । संक्रमण रोकथामका अरु विधिलाई प्रभावकारी बनाइनुपर्ने तर लकडाउनमा जान नहुने सुझाव आफूहरुले प्रधानमन्त्रीलाई दिएको कांग्रेस वरिष्ठ नेता पौडेलले बताए । पौडेलले कांग्रेसका पालामा भएको एमसिसी सम्झौता अनुमोदन गर्न भइरहेको ढिलाइप्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा कोरोना भाइरसको महामारी नियन्त्रणका उपायहरु, रिक्त प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीयतहका पदमा गर्ने उप निर्वाचनबारे छलफल भएको जानकारी दिए । संसदमा अड्किएका बिजनेश तथा पछिल्ला राजनीतिक विषयमा कुराकानी भएको उनले बताए । एमसीसी संसदमा अड्किएको अवस्थामा सभामुखले आफ्नो अधिकार भन्दा बाहिर गएर रोकेकोले त्यस विषयमा पनि छलफल भएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसबारे छलफल गर्ने कुरा भएको उनले बताए । ‘संसदमा अड्किएका केही विषय र पछिल्ला राजनीतिक विषयमा समेत छलफल भयो,’ उनले भने, ‘एमसीसी अड्‍किएको छ । पास गर्ने कि नगर्ने संसद्को अधिकार छ । तर, सभामुखले तजबिजी अधिकार प्रयोग गरेर लामो समय रोक्न मिल्दैन भन्ने साझा धारणा रह्यो । केहीले आफ्ना आशंका पनि प्रकट गर्नुभयो । विजनेस रोक्न मिल्दैन भन्नु भएको छ ।’ त्यस्तै उनले माओवादीका नेताहरुलाई बैठकका बारेमा खवर नगरिएको भन्ने झुट भएको बताए । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहन्थ्यो । बैठकमा नेकपा माओवादी केन्द्रका कोही पनि नेता सहभागी भएनन् ।  
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update