हिमाल दैनिक
हैदराबादलाई हराउदै मुम्बई लिगको शिर्ष स्थानमा
mumbai-indians
मुम्बई इन्डियनसले आइपिएल २०२१ सिजनमा दोश्रो जित हात परेको छ। सिजनको नवौ खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको हो। सिजनको ३ खेलमा २ खेल जितेर मुम्बई अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । हिजोको खेलमा छक्काको वर्षा भएको थियो । रोहित शर्मा आइपिएलमा सबै भन्दा धेरै छक्का हान्ने भारतीय भएका छन्। त्यस्तै किरोन पोलार्डले टुर्नामेन्टमा आफ्नो २०१ छक्का पुरा गरेर बिराट कोहलीको बराबरीमा पुगेका छन् । पोलार्डले अन्तिम ओभरमा २ छक्का लागेका थिए। उनले २२ बलमा ३५ रन बनेका थिए। जसमा उनले कुल ३ छक्का हानेका थिए । मुम्बईका कप्तान रोहित शर्माले टस जितेर ब्याटिंगका रोजे। मुम्बईले ५ विकेटको नोक्सानमा १५० रन बनाए । त्यसको जबाफमा हैदराबादले १३७ रन मात्र बनाउन सक्यो। टिमका लागि जानी बेयरस्टोले २२ बलमा सबै भन्दा बढी ४३ रनको परि खेलेका थिए। कप्तान डेविड वार्नरले ३४ र विजय शंकरले २८ रन बनाए भने राहुल चाहर र ट्रेन्ट बोल्टले ३-३ विकेट लिए। [team_standings 21413]  
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update