स्पेनिस कलब बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ । गए राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ४ गोल गर्दै कोपा डेल रेको उपाधिमा कब्जा गरेको हो । बार्सिलोनाले १२ मिनेटको अन्तरमा चार गोल गरेको थियो।
६० औं मिनेटसम्म गोलरहित बराबरीमा खेलेको बरिसिलोनले ६० औं मिनेट पछि गोलको वर्षा गर्यो । खेलको ६०औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनाले अग्रता दिलाए। त्यसपछि ६३औं मिनेटमा फ्रांक डी जोङले, र ६८ र ७२औं मिनेटमा लियोनल मेसीले गोल दुई गोल गर्दै जित हात परेका थिए । मेस्सीले कोपा डेल रेको उपाधि ७ पटक उचालेका छन् । मेस्सीको बार्सिलोनामा यात्रामा बार्सिलोनाले सन् २००९, २०१२, २०१५, २०१६, २०१७, २०१८ र २०२१ को उपाधि हात परेको छ। प्रशिक्षक रोनाल्ड कोम्यान नेतृत्वमा बार्सिलोनाको पहिलो उपाधि हो।
दुई हप्ताको अवधिमा एथ्लेटिकले दुईवटा कोपा डेल रे फाइनल हारेको छ । कोरोनाका कारण गत अप्रिल ३ मा सन् २०२० को फाइनल भएको थियो जसमा एथ्लेटिको रियल सोसिडाडसँग पराजित भएको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्