
चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो।
चेल्सीले म्यानचेस्टर सिटिलाई हराउदै एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटिलाई १–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। खेलको ५५ औं मिनेटमा टिमो वेर्नरको पासमा हाकिम जियेचले गरेको गोल नै खेलको निर्णय गोल बन्न पुग्यो।
एफए कपको फाइनलमा चेल्सी पछिल्लो पाँच सिजनमा चौथो पटक पुगेको हो। सिटिले यस सिजन चारवटा उपाधि जित्ने सपना चेल्सीले तोडेको छ। यस सिजनमा सिटि प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ भने लिग कपको फाइनलमा र च्यम्पियान्स लिगको सेमी फाइनलमा पुगेको छ ।
एफ ए कपको दोस्रो सेमिफाइनलमा आज राति लेस्टर सिटी र साउथह्याम्टनबीच खेल हुँदैछ। यसको फाइनल खेल १५ मे मा
हुनेछ।
विजेता टिमले १५ मेमा उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय