हिमाल दैनिक
रामबहादुर थापाको सांसदसंगै मन्त्री पद पनि फुस्कियो
174294260_876843836206682_2839797981566598436_n
गृहमन्त्री रामबहादुर थापाको सांसद पद गुमेको छ। आइतबार संसद सचिवालयले थापाको थापाको सांसद पद रिक्त भएको सूचना प्रकाशित गरेको छ । नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। जस अनुसार आज सचिवालयले थापाको सांसद पद गएको जानकारी दिएको हो । यससंगै उनको गृहमन्त्री पद पनि गुमेको छ । अब उनलाई पुन: मन्त्री बन्न संविधानअनुसार सपथ लिनुपर्नेछ । सर्वाच्चले एमाले र माओवादी केन्द्र ब्युताई दिएपछि थापा लगायत केहि माओवादी सांसदहरुले माओवादी त्यागेर एमालेमा प्रवेश गरेका थिए । जसका कारण माओवादीले उनिहरुको सांसद पद खोसेका थिए । चैत १७ गते थापाले माओवादी त्याग गरेको पत्र संसदीय दलका नेता दिनानाथ शर्माले संसद सचिवालयमा दर्ता गरेका थिए । उक्त पत्रको आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम थापाको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो । यस अघि मन्त्री भएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको थियो । उनिहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल नै मन्त्रीमा पुन: नियुक्ति गरेका थिए । उनिहरुको कार्यकाल ६ महिनाको लागि हुनेछ । थापा २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थिए। गोला-प्रथाबाट छान्दा उनको कार्यकाल ६ वर्ष परेको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update