हिमाल दैनिक
रामबहादुर थापाले आज नै पुन: गृहमन्त्री पदमा शपथ लिने भएका छन् । आइतबार संसद सचिवालयले थापालाई राष्ट्रिय सभा सदस्य पद खारेज गर्दिए संगै उनको गृहमन्त्री पद पनि गुमेको थियो । आज साँझ ५ बजे उनलाई संविधानअनुसार एमाले नेताको हैसियतमा पुन: मन्त्री बनाइदैछ । संबिधानमा सांसद नभएकाहरु ६ महिनासम्म मन्त्री बन्न पाउने कानुनी प्राबधान रहेको छ। जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले थापाको सांसद संगै मन्त्री पद गएको केहि घण्टामा नै पुन: गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । सर्वाच्चले नेकपा एमाले र माओवादी ब्युताइदिए पछि माओवादीका केहि सांसदहरु एमालेमा प्रवेश गरेका थिए । यस अघि माओवादी केन्द्रले अनुशासनको कारबाही गर्दै प्रतिनिधिसभाका केहि संसदहरुलाई सांसद पदबाट निकालेको थियो। यही प्राबधानलाई टेकेर प्रधानमन्त्री ओलीले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई पनि पुन: मन्त्री बनाइएको थियो। आज बिहान सचिवालयले थापाको थापाको सांसद पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो । राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरे बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।  
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update