नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनका लागि कांग्रेस अगाडी बढ्न नसकने बताएका छन् ।
आइतबार बूढानीलकण्ठमा श्रीराम श्रेष्ठ लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक विमोचन गर्दै सभापति देउवाले वर्तमान सरकार बहुमत कै हैसियतमा रहेकाले माओवादीले समर्थन फिर्ता लिए मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताएका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाको भनाइ छ । उनले देउवाले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताए। तर परिस्थितिले नेतृत्व गर्नैपर्ने अवस्था सृजना भए पछि नहट्ने उनले बताए ।
सर्वोच्चको आदेशपछि नेकपाभित्रका दुई पक्ष पुरानै दलमा फकिएको भन्दै उहाले नेपालको राजनीतिक महत्वपूर्ण मोडमा उभिएको बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय