
आइपिएलको डबल हेडरको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु(आरसिबि) ले जित हात परेको छ । आइतबार पहिलो खेलमा आरसिबिले कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको हो । चेन्नईको चेपक स्टेडियममा भएको खेलमा आरसिबिले टस जितेर ब्याटिंगका लागि क्रिजमा उत्रिए । २० ओभरमा आरसिबले ४ विकेटको नोक्सानमा २०४ रन बनायो। त्यसको जबाफमा कोलकाताले २० ओभरमा ८ विकेटको नोक्सानमा १६६ रन मन्त्र बनाउन सफल भयो।
आरसिबिले यस सिजनको आइपिएलको ३ खेलमै जित हात परेको छ भने कोलकातामाथि यो आरिसिबीको लगातार चौथो जित हो। यसभन्दा अघि सन् २०१९ को सिजनमा आरिसिबीले केकेआरलाई १० रनले पराजित गरेको थियो । त्यस्तै सन् २०२० को आइपिएलको लिग राउण्डमा आरिसिबीले केकेआरलाई पहिलो खेलमा ८२ रन र दोश्रो खेलमा ८ विकेटले पराजित गरेको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय