
आइपिएलको १४ औं सिजनको ११ औं खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्ग्सलाई पराजित गरेको छ। आइतबार डबल हेडरको दोश्रो खेलमा दिल्लीले पन्जाबलाई ६ विकेटले पराजित गरेको हो । यस सिजनमा दिल्लीले ३ खेल मध्य २ खेलमा जित हात परेको छ । दिल्लीका ओपनर शिकार धवनले ४९ बलमा ९२ रनको परि खेलेका थिए ।
टस हरेर ब्याटिंगका लागि क्रिजमा उत्रेको पन्जाबले १९६ रनको लक्ष्य दिएको थियो। त्यसको जबाफमा दिल्लीले ४ विकेट गुमाएर १९८ रन बनाउदै खेल आफ्नो नाम गर्यो। धवनले आइपिएलमा ४३ औं अर्धशतक हानेका छन् । त्यस्तै पृथ्वी शाले १७ बलमा ३२ रन र मार्कस स्टोइनिसके १३ बकमा २७ रन बनाएका थिए।
[team_standings 21413]
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय