माओवादीले समर्थन फिर्ता लिने हल्ला चलेपछि सरकारले अधिवेशन अन्त्य गर्न तयारी गरेको छ । आज नेकपा माओवादी केन्द्रको बस्न लागेको स्थायी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको हल्ला चलेपछि अहिले सरकार आज नै संसदको हिउँदे अधिवेशनको अन्त्य गर्न तयारीमा रहेको छ।
आज बस्न लागेको मन्त्रीपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न तयारी भईराखेको छ।
यसअघि गण्डकी प्रदेशमा माओवादीको समर्थन फिर्ता भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रदेश सभा अन्त्य गरिदिएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय