हिमाल दैनिक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्दै नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ८७ सांसदहरुले पोख्रेलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। लुम्बिनी प्रदेश सभामा ८७ सदस्य मध्ये माओवादी केन्द्रका २ जना कारबाहीमा परेका छन् । लुम्बिनी प्रदेश सभामा सबै भन्दा धेरै सदस्य नेकपा एमालेको ४१ सदस्य रहेका छ भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य रहेका छन्। यसअघि गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि अविश्वासको प्रस्ताब दर्ता भएको थियो।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update