हिमाल दैनिक
नैतिकताको नाममा 'न' पनि नभएको ओली सरकारले बैधानिकता गुमाईसक्यो: सिंह
prakash-man-singh-nepali-congress
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनैतिक, र नैतिकदृष्टिकोणबाट सरकारमा रहिरहने बैधानिकता गुमाई सकेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन काठमाडौ शाखाले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा उनले संबिधान मिच्ने अनि सरकारमा बसिरहने सरकारसँग नैतिकता नै नरहेको बताएका हुन् । नेता सिंहले सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको समेत बताए । उनले सरकारले बिकास निमार्णका कार्य केहि नगर्ने तर जनतामा बिकास भएको भ्रम सिर्जना गरिएको आरोप पनि लगाए । नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे । कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेलले सरकारको प्रेस विरोधी कदम बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update