नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुहरुको विरोध व्यक्ति बिशेषका लागि नभएर समग्र प्रवृतीको विरोध भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सोमबार काठमाडौंमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केहि व्यक्तिमा गलत प्रवृति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफुहरुको विरोध भएको बताएका हुन् ।
उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनको भनाइृ छ ।
उनले गलत कुराको हार र सत्य कुराको जित हुने दावी गरे ।
केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भ-याङ बनाइदियो उसैलाई सडकमा पु¥याएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्