हिमाल दैनिक
सरकारले संसदमा कुनै पनि बिजनेस नभएका कारण अधिवेशन अन्त्य गरेको जानकारी दिएको छ । सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउँछ भनेर अधिवेशन अन्त्य नगरेको बताएका हुन्। सरकार परिवर्तन गर्ने चाहना राख्ने दलहरुलाई पर्याप्त समय दिए पनि उनीहरुले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको गुरुङले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गरेकी थिइन् । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन् । सर्वाेच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि बढ्न सकेका थिएनन् । सो अधिवेशन गत फागुन २३ गतेदेखि आरम्भ भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update