
आइपिएलको २०२१ सिजनको १२ औं खेलमा चेन्नई सुपर किङ्ग्सले राजस्थान रोयल्सलाई ४५ रनलाइ पराजित गरेको छ। मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा टस हारेर ब्याटिंगमा उत्रेको चेन्नईले २० ओभरमा ९ विकेटको नोक्सानमा १८८ रन बनायो। त्यसको जबाफमा राजस्थानले २० ओभरमा ९ विकेटको नोस्कनमा १४३ रन मात्र बनाउन सक्यो।
चेन्नईका अलराउण्डर मोईन अलि र रबिन्द्र जदेजाले ४ ओभरभित्र खेल नै परिवर्तन गरेका थिए । अलि र जदेजाले १२ औं देखि १५ औं ओभरको बीचमा राजस्थानका ५ खेलाडीलाई पभिलियन फर्काए । जदेजाले १२ औं ओभरमा जोस बट्लर र शिवम दुबेलाई आउट गरेका थिए ।
त्यसपछि मोईनले १३ औं ओभरमा डेविड लिमर र १५ औं ओभरमा रियान र क्रिस मोरिसलाई पभिलियन फराए । जदेजाले २ विकेटसंगै ४ शानदार क्याच लिएका थिए । उनले मनन वोहरा, रियान, मोरिस र उनादकटको क्याच लिएका थिए।
यस जितसंगै चेन्नई अंक तालिकामा दोश्रो नंमा पुगेको छ । यो सिजनमा ३ खेल मध्ये चेन्नईको दोश्रो जित हो। यसअघि चेन्नईले पन्जाबलाई ६ विकेटले पराजित गरेको थियो । तर चेन्नई दिल्ली क्यापिटल्ससंग ७ विकेटले हर बेहोरेको थियो।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय