
इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले लिभरपुललाई बराबारीमा रोकेको छ l
सोमबार लिड्सको घरेलु मैदानमा भएको खेलमा साविक विजेता लिभरपुललाई १-१ गोलको बराबरीमा रोकिएको हो।
हिजोको खेलमा ३१ औं मिनेटमा लिभरपुलका एलेकजेन्डर अर्नोल्डले पासमा सदियो मानेले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर खेलको ३१ मिनेटमा लिभरपुलले साडियो मानेको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा अग्रता लिएको लिभरपुलले दोश्रो हाफमा भने कायम गर्दा सकेन।
खेलको अन्तिम तिन मिनेट बाँकी रहँदा लिड्सकाह्यारिसनको पासमा डिएगो लोरेन्टेले गोल गर्दै खेल बराबरीमा पुराए।
लिड्स खेल बराबरी रोकेसंगै अब लिभरपुलको शीर्ष चार पुग्न कठिन भएको छ। ३२ खेल खेलेको लिभरपुल ५३ अंक सहित लिगको छैटौ स्थानमा रहेको छ।त्यस्तै लिड्स ४६ अंक सहित लिगको १० औं स्थानमा रहेको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय