हिमाल दैनिक
ओलीले सोधेको स्पष्टीकरणको जवाफ नेपाल-खनाल पक्षले दिने निर्णय
madhav-nepal-jhalnath-khanal
नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । मंगलबार काठमाडौंको बानेश्वरस्थीत अर्याल होटलमा बसेको सो पक्षको बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष जारी राख्ने निर्णय गरेको नेता झपड रावलले जानकारी दिए । छलफलमा स्पस्टीकरणको व्यहोराका बारेमा छलफल भएको र पूर्वतयारीका साथ स्पष्टीकरण आएको आफुहरुको ठहर रहेको उनले बताए । तोकिएको समयभित्रै उचित जवाफ दिने आफुहरुको तयार रहेको उनले जानकारी दिए । उनले महाधिवेशनले चयन गरेको अध्यक्ष ओली भएको भन्दै महाधिवेशनको उदेश्य र पार्टी र बिधान बिपरितको काम आफुहरुले नगरेको तर्क गरे । सर्वोच्चको निर्णय अनुसार एमालेलाई पूर्ववत अवस्थामा फर्काउनुपर्छ भन्दा पार्टी बिभाजन तर्फ लागेको भन्ने आरोप लगाउनु तर्कसंगत नभएको रावलले बताए । पार्टी विधान विपरीत पार्टी र सरकारविरुद्ध अराजक गतिविधि मच्चाएको, अनुशासनहीन क्रियाकलाप गरेको र नयाँ दल गठनमा अगुवाइ गरेको भन्दै माधवकुमार नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोध्नुभएको थियो । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update