हिमाल दैनिक
आइपिएल: मुम्बई दिल्लीसंग ६ विकेटले पराजित
dehli-capitals
दिल्ली क्यापिटल्सले आइपिएल को १३ औं खेलमा मुम्बई इन्डियनसलाई ६ विकेटले पराजित भएको छ । मुम्बईको टिमले टस हारेर पहिले ब्याटिंग गर्दै ९ विकेटमा १३७ रन बनाएको थियो । त्यसको जबाफमा दिल्लीले १९.१ ओभरमा ४ विकेटको नोक्सानमा १३८ रन बनाउदै खेल आफ्नो नाम गर्यो। दिल्लीको यो लगातार दोश्रो जित हो । हिजोको खेलमा दिल्लीका स्पिनर अमृत मिश्राले ४ विकेट लिएका थिए। त्यस्तै ओपनर शिखर धवनले ४५ रनको पारी खेल्दै आफ्नो टिमलाई जित दिलाएका थिए। त्यस्तै स्टीव स्मिथले २९ बलमा ३३ रनको पारी खेलेका थिए । मुम्बईका लागि जयन्त यादव, जसप्रीत बुमराह, राहुल चाहर र किरोन पोलार्डले १-१ विकेट लिएका थिए। चेन्नईको चेपक रंगशालामा अहिलेसम्म दिल्लीले ९ खेल खेलेको छ जसमा ३ मा मात्र जित हात परेको छ। सन् २०१० मा दिल्लीले चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो । जितसंगै दिल्ली अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म ४ खेल खेलेको दिल्लीले ३ खेलमा जित हात परेको छ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update