हिमाल दैनिक
खनाल–नेपाल पक्षले ओलीलाई बिहीबार नै स्पष्टीकरण बुझाउने
khanal-nepal-pax-emale
नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने भएका छन् । बुधबार बुद्धनगरमा बसेको सो पक्षको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिईन। बैठकमा पार्टीभित्रको आन्तरिक बिषयमा छलफल भएको र थप रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको छ । शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको उनले बताईन । नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण माग गरेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update