हिमाल दैनिक
दुई दिन मेरियट होटल धाउदा पनि ओली र नेपालबीच कुनै प्रगति भएन!
kp-olioli-madhav-nepal
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता भएको छ । काठमाडौंको मेरियट होटलमा करिव डेढ घण्टा भएको छलफलमा पार्टी बिवादका बिषयमा केन्द्रीत रहेको थियो । भेटमा दुई नेताले पार्टीको विवाद समाधानका बिभिन्न उपायकाबीचमा छलफल भएको स्रोतले जनायो । भेटपछि ओलीले कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिदै कुराकानीमा कुनै प्रगति नभएको बताए । नेताद्वयबीच बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो । बिहीबारको भेटमा क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको अवलोकनसमेत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update