नेकपा एमालेका झलनाथ खनाल–माधव कुमार नेपाल पक्षका सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सोधिएको स्पष्टिकरणको जवाफ बुझाएका छन् । संघीय संसदका २७ सांसदले बिहीबार एमाले प्रमुख सचेतक विशाल भट्टराई जवाफ बुझाएका छन् ।
सचेतक भट्टराईले पार्टीको नीति र पार्टी हित बिपरित काम गरेकाले स्पष्टीकरण माग गरेको र आएका स्पष्टीकरणका आधारमा थप निर्णय लिइने बताए । उनले केन्द्रका साथै प्रदेशमा पनि एमालेको सरकारलाई गिराउने काम गर्नु इतिहासकै कलंक भएको उल्लेख गरे । उनले पार्टीको निर्देशन सवैले पालना गर्नुपर्ने बताए ।
ओलीले संघ र प्रदेशका गरि नेता नेपाल र खनाल पक्षका ३२ जना सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय