हिमाल दैनिक
पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज १६८ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०८ मध्ये विराटनगरमा ९७, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ७० पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९३२ जना सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ६६६ पुगेको छ । आज ६०२ जनाको पिसिआर परीक्षण गर्दा ७२ महिला र ९६ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update