हिमाल दैनिक
आइपिएल: पन्जाबले मुम्बईलाई ९ विकेटले हरायो
mumbai-indians-punjab-kings
पन्जाब किङ्ग्सले आइपिएल २०२१ को १७ औं खेलमा मुम्बई इन्डियनसलाइ ९ विकेटले पराजित गरेको छ । यो सिजनमा पन्जाबको ५ मध्य २ खेलमा जित हात परेको हो । टस हरेर पहिले ब्याटिंगका लागि उत्रेको मुम्बईले ६ विकेटको नोक्सानमा १३१ रन बनाएको थियो। त्यसको जबाफमा पन्जाबले १७.४ ओभरमा १ विकेटको नोक्सानमा १३२ रन बनाउदै खेल आफ्नो नाम गर्यो ।शुक्रबार भएको खेलमा रोहित शर्माले अर्धशतक पुरा गरेका थिए भने लोकेश राहुलले ६० रनको पारी खेलेका थिए। कप्तान राहुल बाहेक क्रिस गेलले ३५ बलमा ४३ रन र मायांक अग्रवालले २० बलमा २५ रनको परि खेलेका थिए । मुम्बईका तर्फबाट राहुल चाहरले मात्र एक विकेट लिएका थिए। लोकेश राहुलले आइपिएलमा २४ औं अर्धशतक पुरा गरेका छन् । महेन्द्र सिंह धोनीकोले आइपिएल इतिहासमा २०८ खेलमा २३ अर्ध शतक लागेका छन् । राहुलले भने ८६ औं खेलमा २४ अर्ध शतक लगाउदै धोनीलाई पछि परेका छन्। जित संगै पन्जाब ४ अंक सहित लिगको पाँचौ स्थानमा रहेको छ भने मुम्बई ४ अंक सहित लिगको चौथो स्थानमा रहेको छ। दुवै टिमले अहिलेसम्म ५ खेलमा २ खेल जितेका छन् भने ३ मा हार बेहोरेका छन्। [team_standings 21413]
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update