हिमाल दैनिक
एमालेलाई र कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केहि नेताहरु लागे: मुख्यमन्त्री राई
sher-dhan-rai
प्रदेश नंवर १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केहि नेताले पार्टी र कम्युनिष्टलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् । भोजपुर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले एमालेलाइ कमजोर पार्न र नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केहि नेताहरु लागेको आरोप लगाएका हुन् । उनले बहुमतको केन्द्रीय सरकार र प्रदेशका सरकारलाई समेत पार्टीभित्रकै नेताहरुले गिराउने प्रयास गरेको तर्क गरे । राईले पार्टीको बिधि बिधान बिपरित कसैपनि काम गर्न नसक्ने भन्दै पार्टी बिपरित कार्य गरेकाले स्पष्टीकरण सोध्न बाध्य भएको बताए । सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको बिकल्प नभउको उनको भनाई छ । त्यस्तै मुख्य मन्त्री राईले वर्तमान केपी ओली नेतृत्वको सरकार मुलुकको समृद्धि र बिकासको सहि ट्र्याकमा हिडेको जिकिर गरे । कार्यक्रममा मुख्यमन्त्री राईले भोजपुर काठमाडौं सम्पर्क मञ्चले प्रकाशन गरेको भित्तेपात्रो बिमोचन गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update